
हामीलाई थाहै छ इतिहासको एउटा कालखण्डमा तत्कालीन प्रधानमन्त्री भिमसेन थापालाई जब षड्यन्त्र गरी फसाइयो र चरम मानसिक तथा शारीरिक यातना सहन नसकी जेलभित्रै आत्महत्या गर्न बाध्य पारियो, त्यसपछि निजकी श्रीमतीले श्राप दिइन'रे, 'जो सच्चा देशभक्त र राष्ट्रवादी थियो, आज उसको यो गति बनाइदियो, यस्तो नेपालको कहिल्यै भलो नहोस्।'
यसपछि नेपाललाई सतीले सरापेको देश भनिन्छ। सायद, त्यसै भएर हो त, सााच्चिकै नेपाललाई केही गर्छु भन्नेहरु र देशप्रति वफादार भएर जसले देशमा सकारात्मक कार्यहरु गर्छन् वा कार्य योजना ल्याउछन्, ती व्यक्ति तथा संस्थाहरुको भलो भएको कहिल्यै देख्न पाइएन। यहाँ जहिले पनि सकारात्मकवादभन्दा नकारात्मकवाद, व्यक्तिवाद, नातावाद तथा जबर्जस्तीवादको मात्र हावी भइरह्यो। महान् नेता गणेशमान सिंहको बुझाइमा नेपालीहरु भेडा हुन्'रे, जता लगाइदियो, त्यतै लाग्छन्'रे। सही, गलत, राम्रो, नराम्रो केही ख्याल गर्दैन्नरे।
साच्चै हो कि क्या हो, हामीजस्ता जनता पनि आफ्नो सानो स्वार्थको लागि देशका ठूला–ठूला अस्तित्व र अस्मितालाई तिलाञ्जली दिएर यिनीहरुकै पछि लागिरहेका छौं। भनिन्छ, नेपालको हालसम्मको अर्थतन्त्रको स्थिति हेर्दा सबैभन्दा बलियो अर्थतन्त्र जुद्धशमशेरको पालामा थियो'रे। उसको पनि अन्त्य सामान्य भएन। हामी सबैलाई थाहा भएकै हुनुपर्छ, आजभन्दा करिब बीस वर्षअगाडि अरुण तेस्रो जलविद्युत् आयोजना ल्याउन लाग्दा केही व्यक्ति तथा संस्थाहरुलगायतले चर्को विरोध गरेर ल्याउन दिइएन। यदि अरुण तेस्रो जलविद्युत् त्यस समयमा आएको भए नेपालमा लोडसेडिङ भन्ने कुन चराको नाम हो, कसैलाई थाहा हुने थिएन।
देशमा थुपै्र विशेषज्ञहरु उत्पादन भइसक्ने थिए र सो आयोजनाबाट आएको रकमले हालसम्म ठूला–ठूला आयोजनाहरु निर्माण सम्पन्न भइसक्ने थिए। अरुण तेस्रो आयोजनाको चर्को विरोध गर्ने हामीजस्ता देशभक्त नेपालीहरु १२ अर्बको ७० मेगावाट क्षमताको मध्य–मर्स्याङदी आयोजना ३२ अर्ब पुग्दा पनि कसैले एक शब्दसमेत निकालेको सुनिएन। स्मरण रहोस्, आजको दिनमा पनि यदि ७० मेगावाटको आयोजना कुनै निजी कम्पनीले सम्पन्न गर्यो भने १० अर्बभन्दा कम लागतमा निर्माण सम्पन्न गर्नसक्छ। हाल नेपाल आर्थिक, सामाजिक, राजनीतिक हरेक समस्याबाट ग्रसित भएर अत्यन्तै नाजुक स्थितिमा पुगेको छ। देशलाई उक्त स्थितिबाट मुक्त गराउनको लागि सबभन्दा ठूलो तथा पहिलो दायित्व भनेको यहाका राजनेता तथा राजनीतिज्ञहरुको हो, तर कुनै पनि राजनेता तथा राजनीतिज्ञहरुले आफ्नो व्यक्तिगत, नातावाद, कृपावादको फाइदाभन्दा माथि उठेर देशको लागि सोच्ने र देश बनाउने प्रयत्न गरेको कहिल्यै देखिएन।
हिलोमा कमल फुल्छ भनेजस्तै अपवादै भन्नुपर्छ, हाल नेपाललाई यो अवस्थाबाट पार गराउन सकिन्छ भनी एक राजनेताका रुपमा एनेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई उदाएका थिए। तर, बहुमूल्य वस्तु (खाग) आफ्नो शरीरमा भएकै कारणले दुर्लभ जनावर गैंडाले आज संरक्षणको सट्टामा मृत्यु पाइरहेजस्तै आफ्नो बौद्धिक क्षमता प्रदर्शन गरेर छोटो अवधिमै जनताको मन जित्न सफल भएका बाबुरामजीलाई खुट्टा तान्ने, अरुलाई अगाडि बढ्न नदिने, आफूभन्दा अगाडि बढ्ला कि भन्ने डरले निजले अर्थमन्त्री हुदा देखाएका केही सकारात्मक कार्यकै कारणले आज बहुसंख्यक जनताले चाहादा चाहादै पनि, अन्य राजनीतिक पार्टीहरुको समर्थन हुदाहुदै पनि प्रधानमन्त्री बन्न पाएनन् र विचरा भएका छन्। यदि आज बाबुरामले देशको लागि सोच्नुभन्दा चाकडी र चाप्लुसी गरी आफ्नो मुखबाट अर्काको बोली बोलिदिने स्वभावका भइदिएका भए पहिल्यै प्रधानमन्त्री भइसक्ने थिए तर देशले केही पनि पाउने थिएन। विचरा, बाबुरामलाई चाकडी, चाप्लुसी कुन चराको नाम, थाहा भएन। अर्का विचरा सुगतरत्न कंशाकार, जसले २२ वर्षसम्म जहाज किन्न नसकेको र कमिसनमा मात्र डुबेर बसेको नेपाल एयरलाइन्सलाई माथि उठाउन र देशको इज्जत बचाउन दुईवटा जहाज किन्ने निर्णय गरेछन्। निजले दुरसञ्चार संस्थानलाई यो उचाइमा पुर्याएर दंग परेर नेपाल एयरलाइन्सलाई पनि यसरी नै माथि लैजान्छु भन्ने अठोट गरेछन्। चाकडी, चाप्लुसी र कमिसनको बारेमा वास्ता गरेनछन्। त्यही भएर अख्तियार, लेखा समिति जस्ता उच्च र संवैधानिक संस्थाले समेत कारबाही गर्नुपर्छ भनी निर्णय ठोकिदिए। सबैलाई थाहा भएकै कुरा हो, हाम्रो ध्वजावाहक विमान भनेको २०–२५ वर्ष पुरानो दुई वटा छ, त्यो पनि कहिले एउटा उड्छ, कहिलेकाही मुस्किलले दुई वटै पनि उड्छ। तर, विदेशीहरुले भने नेपालको लागि नेपाली आकाशमा दिन प्रतिदिन नया नया विमान थप गरिरहेका छन् र अर्बौं रुपैयाा बाहिर लगिरहेका छन्।
यो स्थितिमा हामीजस्ता सचेत नागरिकले पनि बुझ्नु जरुरी छ कि देशको इज्जतको वास्ता नगरी संस्थाको प्रगतिको विचार नगरी चाकडी गरेर कमिसनको पछि लागेर विगतमा जस्तै जहाज भाडामा नल्याउनुको सट्टा नया जहाज किन्नु भ्रष्टाचार हो? यस विषयमा जनतालाई लागेको कुरा के छ भने यदि सुगतरत्नले भ्रष्टाचार गरेको रहेछ भने जरुर छानबिन हुनुपर्छ, भ्रष्टाचार भए बिगो पनि असुल्नु पर्छ, जेलनेल हाल्नुपर्छ तर जहाज ल्याउन नदिने, पेश्की दिएको रकम भ्रष्टाचार गरेको ठहर गरी स्क्याण्डल मच्चाउने कस्तो न्याय हो यो? विचरा सुगतरत्न― चाकडी, चाप्लुसी नगरी यहा केही हुन्न। नेपाल एयरलाइन्सका महाप्रवन्धकले भन्नुभयो, हामीलाई एयर बस हैन, बोइङ चाहिन्छ। बोइङ महागो भएर के भयो त? हाम्रा पाइलटहरु बोइङ मात्र चलाउन सक्छन्, एअर बसको अपरेटिङ सिष्टम अर्कै छ'रे? हैन, नेपालीहरुले चलाउनै नसक्ने त्यो एयर बसको सिस्टम कस्तो रै'छ? ल, सिस्टम फरक रैछ'रे, केही दिन, महिना, वर्षपछि त जान्लान् नि त? हैन, हामी नेपालीहरु त्यति कमजोर छौं होला त, सिक्नै नसक्ने? अर्का हक्की देशभक्त रहेछन्, एसपी रमेश खरेल। आज देशको अस्थिर राजनैतिक कारणले गर्दा हाम्रो देश गैरकानूनी तथा हरेक किसिमका गलत काम गर्ने गराउने व्यक्ति तथा समूहहरुको अखडा भएको छ।
गलत व्यक्ति तथा संस्थाहरुले मात्र फाइदा उठाइरहेको अवस्थामा देशको नुनपानी खाएकोले आफ्नो दायित्व निर्वाह गर्नु पर्योस भनी समाजलाई विकृति तथा विसंगतिबाट बचाउन आफ्नो कर्तव्य र अधिकार प्रयोग गरी राजधानीबासीहरुमा राम्रै छाप छाड्दै थिए। राजधानीमा कहलिएका तथा कथित डनहरुलाई कारबाही पनि गरे। क्यासिनोमा नेपालीहरुलाई प्रवेश निषेध गराउने जस्ता कार्य पनि गरे। मौखिक रुपमा त प्रधानमन्त्रीज्यूले पनि स्याबासी दिएछन्। तर, पुरस्कृत गर्ने समयमा पुरस्कार दिनुको सट्टा अनुशासनको कारबाही ठोकिदिएछन् र सरकारले निजको बढुवा रोकिदिएछन् र निजभन्दा कनिष्ठ अधिकारीहरुलाई वरिष्ट पदमा बढुवा गराई दिएछन्। कारण के रहेछ भनी पत्ता लगाउदा निजले अनुशासन भंग गरे मन्त्रीज्यूको नियमविपरीतका आदेशहरुलाई मानेनछन्।
नेताज्यूहरुको आदेश हुदा पनि हत्या, हिंसा र बलात्कार तथा गलत कार्यमा पक्राउ परेका उनीहरुका भरौटेहरुलाई छाडेनछन्। वाह २१९ नेपालको क्या न्याय दिने चलन। मुखमा राम राम, बगलीमा छुरा। विराटनगरका पत्रकार खिलानाथ ढकाल एमालेको भ्रातृसंस्था युथ फोर्सका कार्यकर्ताको आक्रमणमा परी सख्त घाइते भएका छन्।मरणासन्न हुनेगरी कुटपिट गरिएका पत्रकार ढकाल विराटनगरको स्थानीय अस्पतालमा उपचाररत छन्। उनीमाथि सांघातिक आक्रमण गर्नेहरू एमाले नेताको संरक्षणमा भएकाले पक्राउ गर्न नसकिएको प्रतिक्रिया प्रहरी प्रशासनले दिएको छ। आक्रमणकारी युथ फोर्सका कार्यकर्ता पर्शुराम बस्नेतलगायत उनका मतियारविरुद्ध नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष विक्रम निरौलाले सार्वजनिक अपराध ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायरगरेको पनि हप्ता दिन नाघिसकेको छ। प्रहरी प्रशासनले अभियुक्तहरूलाई पक्राउ नगरेका कारण विराटनगरका पत्रकारहरूले थप धम्की बेहोर्नुपरेको छ। दिनदिनै धम्की बढ्न थालेकाले पत्रकारहरू थप आतंकित बनेका छन्। युथ फोर्सका अध्यक्ष महेश बस्नेतले सार्वजनिक रूपमै 'हामीले घटनाबारे छानबिन गर्दैछौं, दोषी पाए प्रशासनलाई बुझाउाछौं' भनेर भनेका छन्
तर पनि जसले प्रसासन लाई सहयोग गर्छु भन्दैछ उसैलाई आज प्रहरीले पक्राउ गरी विराटनगर रानीस्थित प्रहरी तालिम केन्द्रमा राखेको छ
के अपराध थियो युवा संघका अध्यक्ष महेश बस्नेत को के यो सरकार संग कुनै कानुनी आधार छ .नाटकीय ढंगले पक्राउ गरेर गैरकानुनी थुनामा राख्ने ?जुन काम गरियको छ यो नै लाजमर्दो बिसय बनेको छ .जबकी यसअघि बाराका पत्रकार वीरेन्द्र साह माओवादीबाट मारिदा कृष्णबहादुर महरा सञ्चारमन्त्री थिए .के पार्टीको नेताको हिसाबले उनलाई संचार मन्त्रि बाट हटाई एको थियो त ? माओवादी सभासद् बालकृष्ण ढुंगेललाई दुई बर्ष अघिनै सर्वस्वसहित जन्मकैदको फैसला सुनाए पनि आदेश कार्यान्वयन नभएपछि मृतक उज्जनकुमार श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले एड्भोकेसी फोरमको कानुनी सहयोगमा जेठ ३१ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिटमा संविधानसभा सदस्यको पद खारेजी गरी सेवा सुविधा तत्काल रोक्न संविधानसभाका अध्यक्ष र मानवअधिकार उल्लंघन जस्तो गम्भीर मुद्दामा दोषी ठहरिएका सभासद् ढुंगेललाई संविधानको धारा १५१ वमोजिम माफी गर्ने भनि सार्वजनिक वक्तव्य दिएकोमा गृहमन्त्रीलाई बिपक्षी बनाइएको थियो ।
सभासद ढुंगेलमाथि २०५५ साल असार १० गते ओखलढुंगाको टारकेराबारी गाविस ७ स्थित खहरे दोभानमा स्थानीय उज्जनकुमार श्रेष्ठलाई गोली हानी हत्या गरेको अभियोग छ ।
हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत ओखलढुंगाले सर्वस्वसहित जन्मकैदको फैसलालाई सर्वोच्चले सदर गरेको थियो । अदालतको फैसलापछि पनि सभासद् ढुंगेल अहिलेसम्म जेल चलान भएका छैनन् ।
ढुंगेल ओखलढुंगा क्षेत्र नम्बर २ का माओवादीका सभासद् हुन् ।
कानुन सबै लाई एक हुनु पर्ने हो तर यहाँ मान्छे हेरेर लगाइने गरिन्छ .यसको अन्त्य कहिले हुने जबकी कानुन बनाउने ठाउमा नै हत्या, हिम्सा, लुट र अपराधी को जमात नै बसेको छ चोरलाई चौतारी, साधुलाई सुली। ठूलालाई चैन, सानालाई ऐन। विचरा,महेश , बुझ्नु पर्दैन कुरा, मुखमा राम राम, बगलीमा छुरा। युवा संघका अध्यक्ष महेश बस्नेत हरुलाई चेतना भया.
लेखक :पशुपति पोखरेल पाल्पा नेपाल
हाल बेलायत को लेस्टर सहर बाट
No comments:
Post a Comment